रसुवा, मंसिर ४ – रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएको तीनवटा मोटरसाइकलमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ ।
वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग गरेका मोटरसाइकल आइतबार बेलुका आगजनी भएको हो । गठबन्धनले ग्रेमा मोटरसाइकल रोकेर नेसिङमा चुनावी अभियानमा लागेको समयमा घटना भएको प्रहरीले जनाएको छ । नेसिङमा चुनावी अभियान सकाएर फर्किँदै गर्दा घटना भएपछि गठबन्धनले प्रहरीलाई खबर गरेका थिए ।
लोकतान्त्रिक गठबन्धनको पकट क्षेत्र भएकाले लोकतान्त्रिकका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनामा संलग्न भएका व्यक्ति फरार भएको र उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक धुब्र सिलवालले बताउनुभयो । घटना बारे अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्