महिला नागा साधु

पुरुष नागा साधुको बारेमा सुन्ने गरेपनि महिला साधुका बारेमा कमैले मात्र सुनेका हुन्छन् । र तिनीहरुका गतिविधिका बारेमा पनि त्यत्ति चर्चा भएको पाइँदैन । महिला साधुको बारेका यी १० रोचक तथ्यहरु :

पुरुष नागा साधुको बारेमा सुन्ने गरेपनि महिला साधुका बारेमा कमैले मात्र सुनेका हुन्छन् । र तिनीहरुका गतिविधिका बारेमा पनि त्यत्ति चर्चा भएको पाइँदैन । महिला साधुको बारेका यी १० रोचक तथ्यहरु :

१. सन्यासिनी बन्नु अघि महिलाले ६ देखि १२ वषए सम्म बठिन ब्रह्मचार्यको पालना गर्नु पर्ने हुन्छ । यसपछि ‘महिला ब्रह्मचार्यको पालना गर्न सक्छिन्’ भन्ने लागेमा गुरुले महिलालाई दीक्षित गर्न सक्छन् ।

२. महिला नागा सन्यासिनी बनाउनु अघि साधु सन्त महिलाको घर परिवारका पछिल्लो जीवनको बारेमा जानकारी लिन्छन् ।

३. सन्यासिनी बनाउनु अघि महिला स्वयम्ले आफ्नो पिण्डादान र तर्पण गर्नुपर्छ ।

४. जुन महिला सन्यासिनीको दीक्षा लिन चाहन्छिन् उनलाई आचार्य महामण्डलेश्वरले नै दीक्षा दिन्छन्।

५. महिलाको नागा सन्यासिनी बनाउने अघि उसलाई मुण्डन (कपाल खौरिने) गरिन्छ र नदीमा स्नान गराइन्छ ।

६. महिला नागा सन्यासिनी पूरा दिन भगवानको जप गर्छन । बिहानै ब्रह्म मूहर्तमा उठ्नु पर्छ । यसपछि नित्यकर्म गरिसकेर शिवजीको जप गर्छन् । भने दिउँसो भोजन तथा फेरि शिवजीकै जप गर्नुपर्छ । साँझ दत्तात्रेय भगवानको पूजा गर्छन । त्यसपछि शयन गर्छन ।

७. सिंहस्थ तथा कुम्भमा नागा साधुहरुको साथमै महिला सन्यासिनीहरु पनि शाही स्नान गर्छन ।

८. जब महिला नागा सन्यासिनी बन्छन् । उनीहरुलाई सबै साधु सन्तले माता भनेर सम्बोधन गर्छन् ।

female naga

९. सन्यासिनी बन्नु अघि महिलाले यो कुरा सावित गर्नुपर्छ की उसको परिवार तथा समाजप्रति कुनै मोह छैन, तर सिर्फ भगवानको भक्ति गर्न चाहान्छु । यी कुरामा सन्तुष्टि भएपछि मात्रै महिलालाई नागा तथा सन्यासिनीमा दीक्षित गरिन्छ ।

१०. पुरुष नागा साधु तथा महिला नागा साधुमा यति फरक छ की – महिला साधु एक पत्र बस्त्र लगाएर बस्न सक्छन र यही बस्त्र लगाएर स्नान गर्नुपर्छ । नाङ्गै स्नान गर्ने अनुमति छैन ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!