जीपको ठक्‍करले यात्रुको मृत्युभएपछि बाटो अवरुद्ध

बनेपा: अरनीको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित जनगालमा बाटोहीड्दै गरेका एक पैदल यात्रीलाई बोलेरोले ठक्कर दिएर मृत्यु भएसंगै स्थानीहरुले राजमार्ग अवरुद्ध गरेका छन्।

बनेपा नगरपालिका १० घर भएका ५८ वर्षिय स्थानीय बाबु विष्ठलाई बा १८ च ३११९ नम्वरको बुलेरोले बाटो हिड्दै गर्दा ठक्कर दिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए। उनका अनुसार तिव्र गतिमा आएको बुलेरोले विष्ठलाई ठक्कर दिदा उपचारका क्रममा बनेपा सिरमेमोरीयल अस्पतालमा विष्ठको मृत्यु भएका जानकारी दिए।

विष्ठको मृत्यु भएसँगै आक्रोसित आफन्त र स्थानीहरुले अरनिको राजमार्ग दुई घण्टदेखि बन्द गरेका छन्। प्रहरीले पीडितका आफन्तसँग वार्ता भएकाले राजमार्ग सुचारु चाडैं हुने जानकारी दिए। राजमार्ग अवरुद्धसँगै हजारौ यात्रु अलपत्र परेका छन्। अरनिको र विपी राजमार्ग हुदै तराईका पुर्वी जिल्ला जाने यात्रुबाहक बस अलपत्र परेको छ।

प्रतिक्रिया दिनुहोस्