राजेश मल्लिकको हत्या प्रकरणले लियो यस्तो नयाँ मोड

दमक, ४ मंसिर ।

झापाको दमक स्थित त्रिवणी गेष्ट हाउसमा राजेश मल्लिकको रहस्यमय हत्या भएपछि प्रहरीले घटनाको अनुसन्धानलाइ तिब्र बनाएको छ । इलाका प्रहरी कार्यालय दमकले प्रहरी निरीक्षक मिलन बस्नेतको संयोजकत्वमा एउटा टोली बनाएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी श्रोतको भनाइ रहेको छ ।

हत्या परिवारका सदस्यबाट नै भएको प्रहरी र मल्लिक परिवारले आँशका गरेको छ । प्रहरी श्रोतको अनुसार घटना भएका दिनदेखि नै हत्या भएका मल्लिकका काका नरेश मल्लिक फरार रहेकाछन् । उनको मोवाइल पनि त्यहि दिनदेखि अफ रहेको छ ।

२६ बर्षिय काका नरेश मल्लिक बिरुद्ध मृतकका बुबा हरीबहादुर मल्लिकले किटानी जाहेरी दिएपछि अब घटनाले नयाँ मोड लिएको छ । हत्याको प्रकृतीले प्रहरीले कोहि पोख्त ब्याक्तिले नै हत्या गरेको अनुमान प्रहरीले शुरुमा नै लगाएको थियो । अभियुक्त मल्लिक छुरा हानेर सुंगुर मार्न पोख्त रहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको बताइन्छ ।

हत्या भएको समयदेखि अहिलेसम्म फरार रहेका काकाको मोवाइलको लोकेसन हत्या भएको ठाँउमा नै देखिएको प्रहरी श्रोतले जनायो । प्रहरीले उनको संलग्नताको आँशका गरेर खोजि गरेपनि अहिलेसम्म फेला पार्न पनि सकेको थिएन ।

आफन्तको सबै घर र जाने सम्भावित ठाँउ सबैतिर खोजतलास गर्दा पनि नभेटेपछि प्रहरीले आफ्नो अनुसन्धानलाइ यहि केन्द्रित गरेको जनाइन्छ । पीडितले किटानी जाहेरी नै हालेपछि प्रहरीले अनुसन्धान अब पुरै यता केन्द्रित गरेको प्रहरी श्रोतले जनायो ।

हत्या भएका दिन काका नरेश मल्लिकले राजेशको बिषयमा घरमा गएर सोधेका थिए । बहिनीले गेष्ट हाउसतिर नै भएको बताएपछि त्यतैतिर गएको सम्म पारिवारिक श्रोतले बताउदै आएको छ ।

अहिलेसम्मका सबै प्रमाण र हत्यालाइ सुक्ष्म अनुसन्धान गर्दै हत्यारा टाढा नभएको र किटानी अनुसार नै मेल खाएको अनुसन्धान श्रोत बताउछ । राजेशसंग काकाले पैसाको निहुमा बारम्बार झगडा समेत गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्