साथीसँग नदीमा पौडी खेल्ने क्रममा विद्यार्थी बेपत्ता

नुवाकोट : साथीसँग नदीमा पौडी खेल्ने क्रममा बुधबार नुवाकोटको विदुरका एक स्कुले बालक बेपत्ता भएका छ।

स्थानीयबासी, आफन्त तथा प्रहरीले अबेरसम्म नदीमा खोज्न समेत उनलाई भेट्न सकेन।

विदुर नगरपालिका २ विदुरबजार घर भइ स्थानीय पृथ्वी माविको कक्षा १० मा अध्ययनरत १५ वर्षीय सुवास भण्डारी घरदेखि दुई किलोमिटर दूरीमा रहेको त्रिशूली नदीमा पौडी खेल्ने क्रममा डुबेका हुन्।

पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए। सिमचौरमा रहेको आफ्नै कुखुरा फर्ममा दानापानी गर्न गएका विद्यार्थी भण्डारी गर्मी भएका कारण साथीसँग त्रिशूली नदीमा पसेका थिए।

सँगै विदुर नपा ४ सिंचाइस्थित त्रिशूली नदीमा बगेर चार दिनदेखि हराइहेको एक युवक अझै बेपत्ता छन्। नदीमा पौडी खेल्न गएका लिखु गाउँपालिकाका २५ वर्षीय एक युवक त्रिशूली नदीमा बेपत्ता भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!