अनमोललाई फिल्ममा ५० लाखसम्मको अफर

नायक अनमोल केसी नेपाली फिल्म उद्योगमा जवरजस्त रुपमा एउटा ब्राण्ड बनिसकेका छन् ।नेपाली सिने जगतमा अनमोलको परिचय थाहा नपाउने नेपाली फिल्मका शुभचिन्तक सायदै होलान् ।पछिल्लो समय अनमोलले फिल्म खेले बापत लिएको पारिश्रमिकले नेपाली फिल्म बजारमा आज अनमोलको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । उनी नेपाली फिल्म उद्योगका सर्वाधिक महंगा नायकका रुपमा समेत परिचित हुन पुगेका छन् ।

उनले फिल्म ‘कृ’ को लागी लिएको २० लाख पारिश्रमिकले नेपाली फिल्म बजार यो जाडो मौसममा पनि १ सय डिग्रीको हट बन्न पुगेको छ । त्यति मात्र होईन अहिले नेपाली फिल्म बजारमा अर्को तातो खबर भनेको अनमोललाई एक फिल्म खेल्न ५० लाख पारिश्रमिकको अफर गरिएको छ ।नायक अनमोलको चर्चा यसकारण पनि भएको छ कि फिल्म ‘कृ’मा समावेश उनको लुक्स सार्वजनिक भएसँगै सो फिल्म हिट भैसकेको चर्चा समेत सुरु भैसकेको छ ।

हामीले थाहा पाए अनुसार केही निर्माता तथा निर्देशक उक्त मात्राको पारिश्रमिकको अफर लिएर अनमोल समक्ष पुगेका छन् । अहिले नेपाली फिल्म उद्योगमा अनमोलर्ला खेलाउन पाए लगानि सुरक्षित हुन्छ भन्ने चर्चा परिचर्चा समेत बढेको देखिन्छ । जसका कारण पनि उनलाई आफ्नो फिल्ममा अनुबन्धन गर्न धेरै निर्माता निर्देशकहरु लालायित छन् । यसअघि अनमोललाई ३० लाखसम्मको अफरको चर्चा चलेको थियो । अब भने ५० लाख दिन नै फिल्मकर्मीहरु तयार भएका हुन् ।अनमोललाई निर्देशक सिमोस सुनुवार र अभिनेत्री, निर्मात्री तथा निर्देशक समेत रहेकी झरना थापाले ५० लाख सम्म पारिश्रमिक दिने अफर गरेको निकट श्रोत बताउँछ । यी नाम सँगसँगै ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलले पनि आफ्नो नयाँ प्रोजेक्टमा अनमोललाई ५० लाखसम्म दिन तयार भएको जानकारीमा छ । यी सबैको अफरमा अनमोल भने सिधा राजी छैनन् ।

अनमोलले सबैभन्दा पहिले अभिनय गरेको ‘होस्टेल’को सफलतासँगै उनले लगातार उनले खेलेका चारवटा फिल्म हिट हुन पुगेका थिए । जसले जे भनेपनि अहिले नेपाली फिल्ममा बिक्ने स्टारडम कुनै कलाकारको बिक्छ भने त्यो कलाकार अरु कोही नभएर अनमोल नै हुन् । तर, अनमोल त्यस्ता कलाकार होईनन् कि मोटो रकम पाएकै भरमा जुन पायो त्यहि फिल्म खेलिहाल्ने । उनले आफ्नो स्टारडमलाई समेत ख्याल राखेर हरेक पटक पारिश्रमिकको भन्दा राम्रो कथा, राम्रो टिम र स्तरिय फिल्मको पक्षमा आफुलाई उभ्याउँदै आएका छन् ।

उनको नेपाली फिल्म उद्योगमा आफूलाई स्टारडम भनाउदाहरुले पारिश्रमिक पाएछि जुन पनि फिल्म खेल्नेहरुका लागि ठुलै चुनौती समेत सावित हुने गरेको छ । यो पटक हेर्न बाँकी छ ५० लाख पारिश्रमिक दिन तयार निर्माता निर्देशकले अनमोलको मन जित्ने उत्कृष्ट टिम तथा कथा बस्तु पस्कन सक्छन् या सक्दैनन् । समयले प्रष्ट पार्नेछ ।

लगातार चारवटा हिट फिल्म दिन सफल भएका अनमोलले पाँचौं फिल्म ‘कृ’ पश्चात आफ्नै पिताको होम प्रोडक्सनमा निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्ने निश्चित भैसकेको छ । जुन फिल्मको कथा यतिबेला सामिप्यराज तिमल्सिनाले लेखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!