‘छक्का पन्जा ३’ ले ऐतिहासिक रेकर्ड बनाए: १७ दिनमा कमायो १६ करोड

बडा दसैंको घटस्थापनाको दिन पारेर प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ३’ ऐतिहासिक रेकर्ड बनाएको छ ।

चलचित्रले १७ दिनको छोटो समयमै १६ करोड भन्दा बढीको व्यापार गरेको छ । यो व्यापार नेपाली फिल्म उद्योगमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यसअघि पनि छक्का पन्जाकै नाममा सर्वाधिक धेरै व्यापार गरेको रेकर्ड थियो । यसअघि चलचित्र छक्का पञ्जा ले ११८ दिनमा १६ करोडभन्दा बढीको व्यापार गरेको थियो । तर, त्यो रेकर्ड छक्का पञ्जा ३ ले १७ दिनमा नै तोडेको छ ।

छक्का पन्जा ३ ले रिलिज भएको १७ दिनमा बक्स अफिसमा चलचित्र इतिहासकै सम्मानित व्यापार गरेको हो । चलचित्र रिलिज भएको १८ औं दिनसम्मको व्यापारलाई हेर्ने हो भने चलचित्रले काठमाडौं उपत्यकामा मात्र करिब ८ करोड ५० लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

काठमाडौं उपत्यका बाहिरको १७ औं दिनसम्मको व्यापार करिब ७ करोड ९० लाखभन्दा माथि भएको बुझिएको छ । उपत्यकाबाहिर र भित्र दुवैको व्यापारलाई जोडेर हेर्दा कार्तिक १० गतेसम्ममा चलचित्रले करिब १६ करोड ४ लाखको व्यापार गर्न सफल भएको देखिन्छ ।

यसलाई हेर्दा चलचित्र छक्का पञ्जा ३ ले आफ्नै ब्यानरमा निर्माण भएको यस अघिको चलचित्र छक्का पन्जाको रेकर्ड समेत ब्रेक गर्न सफल भएको छ ।

चलचित्रलाई यस वर्षकै प्रतीक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि अहिलेसम्म पनि राम्रो व्यापार गरिरहेको छ ।

हुन त यो युनिटले निर्माण गरेका अघिल्ला चलचित्रहरुले पनि विभिन्न रेकर्डहरु राख्दै आएको छ । अझ भनौं चलचित्र बजारको व्यापारमा यो ब्यानरले सनसनी नै मच्चाउने गरेको छ ।

जसरी अघिल्ला चलचित्रहरुले व्यापारिक सफलता हात परेको थियो त्यसरी नै यस चलचित्रले पनि व्यापारिक रुपमा नयाँ छलाङ मारिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!