पाइलट विजय लामालाई पछ्याउँदा एयरपोर्टमा जे देखियो…(भिडियो)

काठमाडौँ- सदावहार चर्चामा रहने नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन एवं अभिनेता विजय लामा उड्ययन क्षेत्रमा कहलिएको नाम हो । उनै लामालाई त्रिभुवन विमानस्थलमा पछ्याउँदा जे देखियो, त्यो दृश्य यहाँ प्रस्तुत छ ।संयोग त के भने हालै अमेरिकामा आफैले जहाज बनाएर उडाएका इन्जिनियर एवं पाइलट प्रमोद रेग्मी विजय लामाको कार्यकक्षमा भेटिए । यी दुई सेलिब्रिटी पाइलटले आपसमा अंकमाल गरे र आपसी अनुभव साटेको क्षण साँच्चिकै रोचक थियो ।

क्याप्टेन विजय र प्रमोदले आफ्ना उडान अनुभव र एकअर्काको सहासिक कामको चर्चा मात्रै गरेनन्, नेपाली उड्ययन क्षेत्रको विकासमा सहकार्य गर्ने सल्लाह पनि गरेका छन् ।क्याप्टेन लामाले सियो र कुचो पनि बन्न नसक्ने देशका एक इन्जिनियर एवं पाइलटले जहाज बनाएर अमेरिकी आकाशमा उडाउनु देशकै गौरवको कुरा भएको भन्दै पाइलट प्रमोदलाई अंकमाल गरेर बधाई दिए ।

लुक्ला एयरपोर्ट जस्ता विश्वकै अति जोखिमपूर्ण एयरपोर्टमा पर्ने नेपालका दुर्गम एयरपोर्टहरुमा बर्षौं उडान भरेर अहिले राष्ट्रिय ध्वजावहाक एयरबस उडाउने क्याप्टेन विजय लामा विश्वभरकै पाइलटहरुका लागि एक उदाहरणीय पाइलट रहेको भन्दै भेट निकै सुखद रहेको पाइलट प्रमोदले सुनाए ।दुबइबाट रातभर उडेर नेपाल आएका विजय लामा र उनको क्रयु टिम पछ्याउँदा देखिएको यो दृश्य हेर्नुस:

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!