आइटम गर्ल मलाइका र अभिनेता अर्जुन कपूरको बिहे हुने !

आइटम गर्ल मलाइका अरोडाले अरबाज खानसँग सम्बन्ध विच्छेद गरेको एक वर्ष नाघिसकेको छ । हालै मात्र दिएको अन्तर्वार्तामा उनले अरबाजसँग सम्बन्ध विच्छेद गरेपछि आफू पहिलेभन्दा धेरै खुशी भएको बताएकी छिन् ।

मलाइकाले आफूले पहिलेभन्दा धेरै शान्ति र सहज महसुस गरेको बताएकी छिन् । उता अरबाजले हालैमात्र एउटा कार्यक्रममा बोल्दै आफूले विगत २१ वर्षदेखि नै सम्बन्धलाई राम्रो बनाएर अघि बढ्ने प्रयास गरेको तर आफू यो प्रयासमा असफल रहेको बताएका छन् ।

मलाइका र अरबाजले ५ वर्षको प्रेमपछि सन् १९९८ मा विवाह गरेका थिए ।

उनीहरु २०१६ देखि अलग बस्न थाले र अन्तत २०१७ मा उनीहरुको सम्बन्ध टुंगियो । सम्बन्ध विच्छेदपछि मलाइका र अरबाजका छोरा अरहान मलाइकासँग बस्छन् । छोराकै कारण सम्बन्ध विच्छेदपछि पनि मलाइकालाई अरबाज र उनको परिवारसँग देखिन्छ ।

मलाइका र अरबाजको सम्बन्ध विच्छेद हुनुमा मलाइकाको अभिनेता अर्जुन कपूरसँगको अफेयर भएको बताइन्छ । हुन पनि अरबाजसँग सम्बन्ध विच्छेद भएपछि मलाइका र अर्जुनको भेटघाट र घुमघाम बाक्लिएको छ ।

उनीहरुले छिट्टै विवाह गर्ने खबरहरु पनि यतिबेला भारतीय सञ्चार माध्ययमहरुले प्रकाशित गरिरहेका छन् । तर यस विषयमा उनीहरुको भनाई भने सार्वजनिक भएको छैन ।

उता अरबाजले पनि मलाइकासँग अलग भएपछि मोडल तथा अभिनेत्री जर्जिया एड्रियानीलाई डेट गरिरहेका छन् । यी दुईलाई पछिल्लो समय प्राय एक साथ देखिन्छ । केही समयअघि उनीहरुको विवाहको खबर पनि आएको थियो । तर अरबाजले भने यस कुरामा आफूले हतार गरेर निर्णय नलिने बताएका छन् । त्यस्तै जानकारी अनुसार अरबाजको विवाहको लागि खान परिवारको सहमति पनि मिलेको छैन ।

अरबाज र मलाइकाको सम्बन्ध टुट्नुको कारण अरबाजको करिअर पनि हो भन्ने गरिएको छ । किन भने आफ्नै दममा अरबाजले केही पनि गर्न सकेका छैनन् । उनी करिअरको सुरुवात देखि अहिलेसम्म दाइ सलमानकै भरमा छन् ।

तर मलाइकाले भने आफ्नै दममा आफ्नो करिअर बनाएकी हुन् । जानकारीअनुसार मलाइकाले अरबाजसँग सलमानको भाइ भनेर मात्र विवाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!