चर्चित युट्युब ब्लगर जिम्मीले दिए १० हजार डलर ‘टिप्स’

काठमाडौं, १२ कात्तिक । रेष्टुरेन्टमा खाना-खाजा खाइसकेपछि वेटर–वेट्रेसलाई अलिकति टिप्स दिने चलन छ । तर, कसैले टिप्स दस हजार डलर दिन्छ भने पाउने व्यक्ति कति छक्क पर्छ होला ! यस्तै भएको छ अमेरिकामा ।

चर्चित युट्युब ब्लगर जिम्मी डोनाल्डसनले हालै एक रेष्टुरेन्टमा वेट्रेसलाई १० हजार डलर टिप्स दिएको घटना अहिले चर्चित छ । कुरा अमेरिकाको नर्थ क्यारोलिनास्थित ग्रिनभिल्लेमा रहेको सुप डग्स रेष्टुरेन्टको हो ।

१० हजार डलर टिप्स पाउने भाग्यमानी हुन्, एलेना क्लस्टर । उक्त रेष्टुरेन्टमा साँझ अबेर छिरेका थिए जिम्मी । उनले भित्र छिरेर केहीबेर कुर्सीमा बसे र दुई बोतल पानी मगाए । अनि टेबुलमा १० हजार डलर राखिदिएर निस्किए ।

पानी पु¥याएउन जाने वेट्रेसले त्यो रकम हात पारिन् । सुरुमा जिम्मीलाई कसैले चिनेन तर जब १० हजार डलर टिप्स छाड्ने ग्राहकको खोजी भयो तब उनी चर्चित युट्युबर भएको खुलासा भयो ।

जीवनमा कहिल्यै पनि कल्पना नगरेको यत्रो टिप्स पाएपछि एलेनाले भनेकी छिन्– दुनियाँमा मानवीयता अझै ज्यूँदै रहेछ । यसअघि उनले एक पिज्जा डेलिभरी गर्ने युवकलाई पनि १० हजार डलर टिप्स दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!