खुल्यो गौचनलाई गोली हान्नेहरुका अन्य दुई ठुला अपराध

काठमाडौं, १२ कात्तिक । प्रहरीले निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य सुटरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीन जनालाई नै प्रहरीले पत्रकारसम्मेलन मार्फत आज सार्वजनिक गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले मुख्य सुटर अमरबहादुर राना, लोप्साङ लामा र रोशन बुढाथोकीलाई सार्वजनिक गरेको छ । लोप्साङ लामा रुपन्देहीका दुर्गा तिवारीको हत्यामा समेत संलग्न भएको प्रहरीले आरोप लगाएको छ ।

बुढाथोकी भने सुटर नभइ हत्याका योजनाकार रहेको प्रहरीले बताएको छ । उनीहरुलाई झापाको काकडभिट्टाबाट पक्राउ गरिएको महाशाखाका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।

तर, प्रहरी स्रोतका अनुसार उनीहरुलाई भारतको सिक्किमबाट पक्राउ गरेर ल्याइएको हो । गौचन हत्याका मुख्य सुटर राना दुई वर्ष अघि काठमाडौंमा नै रहेको र गुण्डानाइके दावा लामालाई गोली हान्ने घटनामा पनि संलग्न रहेको महाशाखाको भनाई छ ।

गौचन हत्यामा संलग्नको आरोपमा यसअघिसमिरमान सिंह बस्नेत सहित अन्य पक्राउ परिसकेका छन् । गौचनको काठमाडौंको शान्ति नगरमा आफ्नै गाडीभित्र गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!