टोटनह्यामलाई पराजित गर्दै म्यानचेस्टर सिटी शिर्ष स्थानमा

काठमाडौँ, १३ कात्तिक । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्यामलाई पराजित गरेको छ। गएराती भएको खेलमा सिटीले टोटनह्याममाथि १-० को जित नकाल्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ।

सिटीको जितमा खेलको एक मात्र गोल रियाद महरेजले गरेका थिए। महरेजले खेलको छैठौ मिनेटमा गरेको गोल नै सिटीको जितमा निर्णायक गोल बनेको थियो।

यस सिजनमा १० खेलमा २६ अंक बटुलेको सिटी यस सिजनमा अझै अपराजित रहेको छ। सिटीको लिभरपुलसँग अंक बराबरी भएपनि गोल अन्तरका आधारमा शिर्ष स्थानमा रहेको छ। टोटनह्याम भने १० खेलमा २१ अंक सहित लिगको पाचौ स्थानमा रहेको छ।

सिटीले अब अर्को खेल लिग कप अन्तर्गत फुलह्यामसँग खेल्दै छ भने टोटनह्याम बुधबार वेस्टह्यामसँग लिग कपको खेल खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!