यसपटक लोडसेडिङ हुन्न, तिहारलाई झिलिमिली बनाउनुहोस् : कुलमान

काठमाडौं – यो वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताउनुभएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो,‘ यो तिहारमा लोडसेडिङ हुन्न, गएको वर्षको भन्दा राम्रो अवस्थामा छौँ, सबै व्यवस्थापन मिलायौँ,सप्लाई र उपकरण को समस्या छैन।’

यो वर्षको तिहारमा अधिकतम माग १२७० मेगावाट पुग्न सक्ने बताउँदै १३५० मेगावाट आए पनि धान्न सक्ने घिसिङले जानकारी दिनुभयो । यो पटक कुलेखानीको भण्डारण पनि बढेको बताउँदै उहाँले भन्नुभयो, ‘कुलेखानी यसपालि १५२६ मिटरभन्दा माथि छ । यो अहिलेसम्मकै धेरै हो ।’ कार्यकारी अधिकृत घिसिङले यो पटकको तिहारलाई झिलिमिली बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!