‘मालिका’ हेरेपछि करिश्माले भनिन्, ‘रेखा रियल हिरो’ , रेखा भावुक बनिन्

देशव्यापी च्यारिटी अन्तर्गत रेखा थापाको “मालिका ” को राजधानीमा च्यारिटी सम्पन्न भएको छ । जोन्टा क्लब काठमाडौँले गरेको च्यारिटीमा समाजसेवी, साहित्यकार, महिला अधिकारकर्मी र अभिनेत्रीहरु उपस्थित थिए । च्यारिटीमा उपस्थित झन्डै ४ सय जनाले “मालिका ” को तारिफ गर्दै बाहिर निक्लिए ।

बालविवाह र महिला हिँसाका घटनाहरु प्रस्तुत गरेको चलचित्रले समाजमा परिवर्तन ल्याउने अधिकाँसको धारणा थियो । जोन्टा क्लबकी अध्यक्ष मीरा ज्योति, आभा शाह, कमलकेसरी तुलाधर, सिमा गोल्छा, जया शाह, मून प्रधान, साहित्यकार अर्चना थापा, अमृता लम्साल, उमा सुवेदी, कुमारी लामा, मानवअधिकारकर्मी मोहना अन्सारीलगायातले चलचित्र अत्याधिक रुचाए ।

“मालिका “जस्तो चलचित्र देशभरका नेपाली हेर्नु पर्ने उपस्थित महिलाहरुको तर्क थियो । देशमा भैरहेका महिला हिँसाका चरम घटना चलचित्रमा समावेश गरेको भन्दै निर्देशक/अभिनेत्री रेखा थापाले बधाई पनि दिए । उता चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्दै “मालिका” पुगेका करिश्मा र ऋचाले पनि चलचित्र एकदम राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्रले उठाएको कन्टेन्ट एकदम बलियो रहेको दुवैको तर्क थियो ।

चलचित्रमा रेखासँगै जाजरकोटी किशोरी कमल वलीको मुख्य भूमिका छ । सरस्वती थापाले निर्माण गरेको चलचित्रमा नर कार्की कार्यकारी निर्माताको रुपमा छन् । चलचित्र यहिँ शुक्रबार, कार्तिक १६ देखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!