भूवन केसी र अभिनेत्री झरना थापाको बाझाबाझ, कारण यस्तो!

काठमाडाैं । नायक अनमोल केसी चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा मात्र छैनन्, महंगा पनि बन्दै गएका छन् । चार वटा हिट चलचित्र दिइसकेका अनमोलको पाँचौ चलचित्र ‘कृ’ माघ २६ गतेबाट रिलिज हुँदैछ ।यो चलचित्रका लागि अनमोलले २० लाख पारिश्रमिक लिएका थिए । यतिबेला अनमोललाई ५० लाखको अफर आएको भन्ने कुराप्रति झरना र भूवन केसी बीच वाकयुद्ध भइरहेको छ ।

अब, उनै अनमोलका लागि ५० लाखसम्मको अफर आएको खबरले चलचित्र बजार चर्चामा छ । अनमोललाई केही निर्माताले चलचित्रमा काम गर्नका लागि ५० लाखको पारिश्रमिक अफर गरेका छन् । अनमोलले यी चलचित्रमा काम गर्ने वा नगर्ने बिषयमा अझै पक्का गरिसकेका छैनन् ।

पिता भूवन केसीले बताए अनुसार अनमोललाई केही चलचित्रबाट ५० लाखसम्मको अफर आएको छ । उनले, निर्माता सुनिलकुमार थापा, निर्देशक सिमोस सुनवार र सुरेन्द्र पौडेलले अनमोललाई ५० लाखको अफर गरेको सुनाए ।

सुनिलले आफू ५० लाखसम्म दिन तयार रहेको कुरा बताएको भूवनले एक अन्तर्वातामा भनेका छन् ।

यता,  झरना थापाले भने यो कुराको खण्डन फेसबुकमार्फत गरेकी छिन् । उनले एउटा कलाकारलाई ५० लाखसम्म दिएर अफर गर्दा चलचित्रको मुनाफा कती लाग्ला भन्दै प्रश्न गरेकी छिन् । उनले, कुनै पनि कलाकारलाई आफूले ५० लाखमा अफर नगरेको समेत फेसबुक मार्फत स्पष्ट पारेकी छिन् ।

एउटा कलाकारलाई ५० लाखसम्मको अफर गर्नु आफ्नो सोच भन्दा बाहिरको कुरा भएको झरनाको भनाई छ । यसरी, अनमोललाई दिएकाे ५० लाखको अफरले अहिले चर्चा पाएको छ । तर, अनमोलका पिता भूवन केसी र अभिनेत्री झरना थापाको कुरा वाझिएका छन् । निर्माता सुनिलकुमार थापा अभिनेत्री झरना थापाका श्रीमान् हुन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!