घरमै यसरी बनाउन सकिन्छ मिठो र स्वादिलो रसवरी (विधि सहित)

काठमाडौं । कुनै विशेष खुशीमा या खाना खाइसकेपछि विशेष किसिमका मिठाइहरु खाने चलन छ। ती मिठाइहरु मध्ये दुधबाट बनेको रसबरी धेरैजसोको रोजाइमा पर्ने गर्छ। बजारमा रसबरी किन्दा, बासी र अस्वस्थ पनि हुने हुँदा, घरमै बनाएर ताजा, मीठो र स्वस्थ रसबरी खान सकिन्छ।

रसवरी यसरी तयार हुन्छ :

-भाँडामा दुध तताउने।

-तताएको दुधमा कागतीको रस राखेर दुध फटाउने।

-फाटेको दुधलाई जालीमा कपडा राखेर छान्ने

-अब त्यसलाई चिसो पानीले पखाल्ने ।

-पखालेपछी त्यही कपडामा पोको पारेर हल्का निचोर्ने।

-निचारिसकेपछी केही छिन झुन्डाउने।

-केही छिनपछि निकाल्ने र मुछ्ने।

-मुछेर पीठोको डल्लो जस्तै बनाउने।

-चिरा नपर्ने गरि साना-साना डल्ला बनाउने।

-एउटा भाँडामा चिनी पानी पकाउने।

-त्यो चिनी पानीमा अब ती साना-साना डल्ला राख्ने।

-चिनी पानीबाट निकालिसकेपछि ५र६ घण्टा जति फ्रिजमा राख्ने।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!