काठमाडौँ । नयाँ बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक हरिहर सुनुवार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनुवारलाई ५० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।
बसपार्क क्षेत्रका होटलहरुसँग उनले रेट नै तोकेर पैसा उठाउने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुनुवार केही महिना अगाडि मात्र सर्वोच्च अदालतबाट प्रभाग पुगेका थिए। NEWS24
प्रतिक्रिया दिनुहोस्