निकाे भएर बालुवाटार फर्के प्रधानमन्त्री अाेली

काठमाडौँ – छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज हुनुभएकाे छ ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको शुक्रबार बिहानको परीक्षणका प्रतिवेदन अध्ययनपछि स्वास्थ्यस्थिति सामान्य देखिएको पाइएको थियो । प्रधानमन्त्री भर्खरै डिस्चार्ज हुनुभएकाे छ ।

unn.prixa.net

सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान १० बजे जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ ।

उहाँ अस्पतालबाट मुस्कुराउँदै प्रम निवास बालुवाटार जानुभएकाे छ ।

तस्बिर : यासीमा महतकाे फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!