चलचित्र ‘वीर विक्रम–२’ निर्माण हुने, मुख्य कलाकार भने नदोहोरिने !

काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम–२’ निर्माण हुने भएको छ । चलचित्रका अधिकांश मुख्य कलाकार भने नदोहोरिने भएका छन् ।

दयाहाङ राई, अनुपविक्रम शाही र दीया पुन चलचित्र ‘वीर विक्रम’ का मुख्य कलाकार थिए । तर ‘वीर विक्रम–२’ मा यी कुनै पनि कलाकार दोहोरिने छैनन् । नाजिर हुसेनलाई पनि मिलनले दोहोर्याउने भएका छन् ।

‘वीर विक्रम–२’ मा दोहोरिएनन् कलाकार, बुद्धि तामाङ खलपात्र

आकाश श्रेष्ठ, बुद्दि तामाङ, बर्षा सिवाकोटी, विनिसा भण्डारी, लगायतका कलाकारले अभिनय गर्ने भएका छन् । बुद्दि तामाङ ‘वीर विक्रम–२’ मा खलपात्रका रुपमा देखिने छन् ।

साथीसाथी बीचको सम्बन्ध नै चलचित्रको मुख्य कथा रहने निर्देशक मिलन चाम्सले बताए ।

कात्तिक अन्तिम साताबाट फ्लोरमा जाने चलचित्र ‘वीर विक्रम–२’ २०७६ को नयाँ वर्षमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ ।

तस्बिरः वर्षाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!