निलिमा र सुमितको प्रस्तुतीले जित्यो सबैको मन, भिडीयो हेर्नुस

नेपाल आइडलका उत्कृष्ट नौजनाको संयुक्त स्वरमा ‘‘शुभकामना भरि हरेक श्वासमा’ गीतको प्रस्तुतिसँगै शुक्रबारको नेपाल आइडलको शृंखला सुरु भयो। नेपाल आइडलको यो प्रस्तुतिलाई सबै जजले प्रशंसा गरे। कार्यक्रममा मंसिर २१ देखि देशैभरि प्रदर्शनमा आउने ‘प्रसाद’ फिल्मका निर्देशक दिनेश राउत र कलाकार निश्चल बस्नेत अतिथिका रूपमा उपस्थित थिए।

‘चोरी देऊ, चोरी देऊ’ बोलको रमाइलो गीत गाउँदै निकै रोमान्टिक मुडमा मञ्चमा देखा परे पवन गिरी र अस्मिता अधिकारी। यो गीतसँगै निश्चल बस्नेत र कार्यक्रमका प्रस्तोता आसिफले छोटो नृत्य पनि गरेका थिए।

पवन र अस्मिताको रमाइलो गीतले कार्यक्रमको माहोल तातोको थियो। रवि ओड र अस्मिता अधिकारीले पुनः ‘वनकी चरी के भन्छे’ भन्दै स्टेजमा उपस्थित भए। प्रसाद फिल्मको यो गीत पहिलो पटक कार्यक्रममा गाइएको थियो।

मीठो मुस्कानका साथ कार्यक्रममा उपस्थित भए नीलिमा थापा र सुमित पाठक। उनीहरूले लुकु लुकु लाग्यो मलाई, बोलको गीतमा आफ्नो स्वर दिएका थिए। उनीहरूको प्रस्तुतिले दर्शक तथा जजको मन जित्न सफल भयो।

‘असारै महिनामा’ बोलको गीत गाएर क्रिसल कँडेल र अमित बरालले कार्यक्रमको माहोल तताए।

त्यसलगत्तै पुनः गु्रप प्रस्तुतिमा सबै जोडिए। प्रसाद फिल्मकै लै लै बोलको गीतमा प्रत्येकले आफूलाई अब्बल सावित गर्ने कोसिस गरे। कार्यक्रममा सबैको प्रस्तुति बेजोड थियो। लामो समयदेखि उनीहरू गीतसंगीतमा उत्कृष्ट नतिजा ल्याउन संघर्षरत छन्।

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन-२ गत साउन २४ देखि सुरु गरिएको हो। नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन्। कार्यक्रम निर्देशकहरूमा सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!