सँगै काम गर्न निलिमालाई शम्भुजित बासकोटाको अफर

काठमाडौँ। अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। आइडलको बिहिबारको २३ औँ एपिसोडमा नेपाली चर्चित सङ्गीतकार शम्भुजित बासकोटा उपस्थित भएका थिए। नेपाल आइडल २ हरेक हप्ताको दुई दिन बिहीबार र शुक्रवार राती ८ः३० बजे एपिवान एचडीबाट प्रसारण भइरहेको छ।

बिहीबार प्रसारित एपिसोडमा टप ९ प्रतियोगीले आफ्नो प्रस्तुती दिए। त्यहीँ प्रस्तुतिको आधारमा जज र दर्शकको भोटको आधारमा शुक्रबार एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिन्छन्।

बिहीबार प्रसारित एपिसोडमा सबै प्रतिस्पर्धीले आफ्नो उत्कृष्ट प्रस्तुति दिए। सधैँझैँ आफ्नो गायन कलाले गोल्डेन माइक विजेता पोखराकी निलिमा थापा मगरले सबैलाई मन्त्रमुग्ध परिन्। निलिमाले अरुणा लामाको स्वरमा रहेको चर्चित गीत ‘फूललाई सोधे’मा आफ्नो प्रस्तुति दिइन्। गीतमा शब्द नोर्देन रुम्बाको रहेको छ भने सङ्गीत कर्मा योञ्जनको रहेको छ।

प्रसुतिपछि गेस्ट जज शम्भुजित बासकोटाले निलिमाको स्वरमा आफ्‍नोपन रहेको र त्यसलाई कायम राख्न सुझाब दिए। अरु जजले के भने थाहा पाउन भिडियो हेर्नुस्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!