दुई ट्रिपर आपसमा ठोक्किदा ट्रिपरमै फँसे चालक

धादिङमा ट्रिपरमा च्यापिएका चालकलाई उद्धार गरिएको छ । ट्रिपर दुर्घटना हुँदा च्यापिएका चालकलाई शकुसल उद्धार गरिएको हो । धादिङका स्थानीयको सकृयतामा ट्रिपर चालक कुमार कार्कीको उद्धार भएको प्रहरीले जनाएको छ ।

उनको उद्धारमा धादिङका स्थानीय युवाहरुको सकृयता रहेको थियो । चालकलाई धादिङका स्थानीय युवा र प्रहरीको सहायतामा उद्दार गरेर अहिले अस्पतालमा उपचार भइरहेको छ । ट्रिपर चालक लम्जुङ्ग निवासी ४० वर्षको कुमार कार्की रहेको प्रहरीले जनाएको छ ।

नीलकण्ठ नगरपालीका स्थित धादिङबेसीको पुछार बजारको पुलमा मलेखुतर्फबाट धादिङको सदरमुकाम जाँदै गरेको बाद २ क ७०२० नम्वरको ट्रिपर सोही दिशाबाट जाँदै गरेको बा २ क ९१११ नम्वरको ट्रिपर एक आपसमा ठक्कर खाँदा बा २ क ७०२० नम्वरको ट्रिपरको चालक भने च्यापिएका थिए ।

उनको अहिले काठमाण्डौको अस्पतालमा उपचार भइहरेको छ । उनको जिल्ला अस्पताल धादिङमा उपचार पछी थप उपचारका लागि काठमाण्डौ ल्याइएको हो । दुबै ट्रिपर अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घाईते चालकलाई करिव आधा घण्टाको कठिन प्रयास पछी जिवितै उद्दार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!