युएईमा भोक भोकै बन्दी बनाएर राखेका सरोज पासवानको उद्धार

काठमाडौं, १७ कात्तिक । युएईमा आफ्नै बंगाली सुपरभाइजरले भोक भोकै बन्दी जस्तै बनाएर राखेका विराटनगरका सरोजराज पासवान नेपाल फर्किन सफल भएका छन् । बिरामी पासवानलाई ४, ४ दिनसम्म खान नदिई बन्दक बनाएर राखेको थाहा पाएपछि उनको उद्धारका लागि उनका आमा बुवा हाम्रो कार्यालय आएका थिए ।

एशिया प्याशिफिक रिक्रुमेन्ट सर्भिस् नामक मेनपावर बाट दुवई पुगेका उनि केहि सातादेखि बिरामी परेका थिए । बिरामी परेपछि कम्पनीले अलपत्र छोडेको बिषयमा हामीले यस अघि रिपोर्टिङ गरेका थियौँ ।

हामीले लाईभ कार्यक्रममा युएईका कार्यकारी राजदुत सागर राज फुयाँलसँग उनको बारेमा कुरा गरेका थियाँै । यसपछि दुतावासको सहयोगमा बुधबार साँझ उनि नेपाल फर्किएका हुन् । यस अघि छोराको अवस्थाले चिन्तित बाबु आमा अहिले खुसी छन् ।

अब भने लागेको ऋण नेपालमै केहि गरेर तिर्ने तर छोरालाई विदेश नपठाउने परिवार बताउँछन् । सरोजले काम गरेको कम्पनीबाट ३ महिनाको तलब पाएका छैनन् । उता उनलाई यसरी एउटा काम भनि अर्काे काममा पठाउने एजेन्ट उनको पैसा फिर्ता गरिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!