आर्सनल र लिभरपूलबीचको भिडान्त, कसैले जित हात पार्न सकेन !

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र लिभरपूलबीचको खेल बराबरीमा सकिएको छ । बराबरीपछि लिभरपूलले अंकतालिकामा म्यानचेस्टर सिटीसंगको दुरी बढाउने मौका गुमाएको छ ।

इमिरेट्स स्टेडियममा भएको खेलमा पाहुना टिम लिभरपूलले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६१ मिनेटमा जेम्स मिल्नरले गोल गर्दै लिभरपूललाई अग्रता दिलाएका थिए ।

unn.prixa.net

तर ८२ औं मिनेटमा एलेजान्द्रे लाकाजेटीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरीपछि लिभरपूलको ११ खेलबाट २७ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १० खेलबाट २६ अंक छ ।

अर्को खेलमा लेस्टर सिटीले कार्डिफ सिटीलाई एक शून्यले हरायो । क्लबका मालिक गुमाएपछि पहिलो पटक मैदानमा उत्रिएको लेस्टरले पहिलो हाफ गोलरहित बराबरी खेलेका थियो ।

तर ५५ औं मिनेटमा डिमाराय ग्रेले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । त्यसपछि कार्डिफ खेलमा फर्कन सकेन र लेस्टर ले महत्वपुर्ण तीन अंक हात पार्‍याे ।

जितपछि लेस्टरका खेलाडीले भावुक हुदै मैदानमा जितको खुसी मनाएका थिए । अर्को खेलमा टोटनह्यामले उल्भरह्याम्टनलाई तीन दुई गोलले हरायो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!