ढोका ढोका पुग्दै क्रिश्चियन बन्न दवाव दिने चारजना पक्राउ

धर्म परिवर्तनका लागि प्रचार गर्दै हिडेका चार जनालाई वडा प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जापानिज र दुई जना नेपाली महिलाहरु रहेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १४ पदमपुरमा धर्म परिवर्तका लागि मानिसको घर घरमा पुगेका उनीहरुलाई स्थानियले पक्राउ गरी प्रहरीलाई खवर गरेका थिए । पक्राउ पर्नेमा जापानिज ४९ बर्षिय यासुको ओवा र ४४ बर्षिय मकिहिकुला रहेका छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिका ५ की २५ बर्षिय पुष्पा घिमिरे र बुटवल सुख्खानगर बस्दै आएकी ३५ बर्षिय तिर्थमाया धले रहेका छन् । ६ जनाको टोलीले घर–घरमा पुगेर आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तनका लागि प्रचार गरेको अवस्थामा स्थानियले वडा प्रहरी कार्यालय बुटवलमा जानाकारी गराएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीको साथबाट क्रिश्चियन धर्मका पुस्तक तथा पोष्टरहरु फेला परेका छन् । स्थानिय हरिशरण पाण्डेले एक घण्टा सम्म निगरानी गरेर प्रहरीलाई खवर गरेको बताए ।“हामीले सुईको पाएपछि निगरानी ग¥यौं, भिडियो खिच्यौं र प्रहरीलाई खवर गरेका हौ” उनले भने ।

पक्राउ परेका दुई जना नेपाली महिला मध्ये धले एजेन्ट हुन भने घिमिरे सहयोगी भएको प्रहरीले जनाएको छ । क्रिश्चियनको कार्यक्रममा पोखरा गएकी धलेले दुई विदेशी महिलालाई एक महिना अघि मात्र बुटवलमा ल्याएको बुझिएको छ । सुकुमबासी बस्ती र दलित बस्तीमा धलेले विदेशी महिलाहरुलाई लैजाने र धर्म परिवर्तका लागि प्रचार गर्ने गर्दथिन् । पक्राउ परेका उनीहरु माथी थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक हेम बहादुर केसीले जानाकारी दिए ।

नेपालमा धर्म परिवर्तनका लागि भित्रभित्रै सक्रियता बढिरहेको भन्दै सरकारले संस्थाको सम्बन्धन एवम् दर्ता खारेज गर्ने देखि व्यक्तिलाई देश निकाला सम्मको कानुन निर्माण गरेको छ । तर पनि नेपालमा लुकीछिपी विभिन्न आडमा धर्मपरिवर्तन भने भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!