टर्कीले बनायो विश्वकै सबैभन्दा ठूलो विमानस्थल, १२ अर्ब डलर खर्च

काठमाडौँ — ट्रकीले आफ्नो ९५‌‍‍‍औँ स्थापना दिवसको अवसर पारेर विश्वकै सभैभन्दा ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको छ ।

राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५ औँ स्थापना दिवसको अवसर पारेर गत सोमबार यो विमानस्थलको उद्घाटन गरेका हुन् ।

करिब १२ बिलियन(१२ अर्ब) डलरमा यो विमानस्थलन निर्माण सम्पन्न भएको सीएनएनले जनाएको छ । आगामी डिसेम्बरबाट पूर्ण रुपमा सञ्चालनमा आउने यो विमानस्थललाई निकट भविष्यमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!