मलामी बोकेको ट्रयाक्टर दुर्घटना, दुईको मृत्यु !

कञ्चनपुर । कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ। मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा वेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने सामान्य घाइतेको अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!