गौचन हत्यामा पेस्तोल उपलब्ध गराइदिने ‘सुन्दरी डन’ पक्राउ

प्रहरीले चर्चित गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलगायत अन्य व्यक्तिको हत्यामा संलग्नता रहेको भन्दै महानगरीय अपराध महाशाखाका टोलीले मायालाई काठमाडौंबाट पक्राउ गरेको हो । अपराध महाशाखाको टोलीले गत १२ कात्तिकमा लोप्साङ लामा, अम्बरबहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो ।

उनीहरुको पक्राउपछि भएको अनुसन्धानमा हत्या घटनामा मायाको पनि संलग्नता देखिएको पुष्टि भएपछि प्रहरीले मायालाई पक्राउ गरेको हो ।स्रोतका अनुसार, पक्राउ परेका व्यक्तिले अदालतमा समेत हत्या घटनामा मायाको संलग्नता भएको बयान दिएपछि प्रहरीले जिल्ला अदालत काठमाडौंको पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको हो । गौचनको हत्याका लागि माया आफैले पेस्तोल उपलब्ध गराएको पनि स्रोतको दाबी छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!