जन्मदिनमा पूजाले स्विकारिन् आकाशको प्रेम (भिडियो)

काठमाडौँ- नायक आकाश श्रेष्ठले आज आफ्नो २५ औं जन्मदिन मनाउँदैछन् । चलचित्र ‘म त तिम्रै हुँ’बाट फिल्म क्षेत्रमा डेब्यू गरेका उनी पछिल्लो समय अत्यन्तै रुचाइएका नायक हुन् ।पछिल्लो समय उनले रामकहानीमा पुजाको जोडी बनेर सफल अभिनय गरेका थिए ।यसैगरी उनी एक नयाँ चलचित्रमा लिड रोलमा देखिँदैछन् ।

यसअघि नायकद्वय दयाहाङ राई र अनुपविक्रम शाहीको भूमिका रहेको ‘विर विक्रम’को अर्को पार्टमा उनले लिड रोल गर्दैछन् । ‘विर विक्रम–२’ मा उनी जोडिन लागेका हुन् ।

चलचित्र ‘रामकहानी’बाट पूजासँगको सम्बन्धलाई लिएर चर्चामा आएका उनले यो अपवाह भएको बताएका छन् ।उनले भनेका छन् धेरैले त पूजा र मेरो विवाह होस् पनि भन्छन् । र, कत्तिले त मलाई ‘आकु भेना’ समेत भनेर पुकार्छन् । तर, मैले यसबारे सोचेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!