‘सरकारी जागिर’ गर्दै गरेकी केकीले ‘कन्याकुमारी’ बनाउने

काठमाडौँ- नायिका ककी अधिकारीले नयाँ चलचित्र बनाउने भएकी छन् । पछिल्लो समय फिल्म ‘सरकारी जागिर’को छायांकनमा व्यस्त रहेकी केकीले अब बनाउने चलचित्रको नाम भने ‘कन्याकुमारी बनाउने भएकी हुन् ।

उनले एक भिडियो अन्तर्वातामा आफूले अर्को फिल्म बनाउन लागको र यसको नाम ‘कन्याकुमारी’ जुराएको बताएकी छन् । यद्यपि फिल्ममा कलाकारको नाम भने फाइनल भइनसकेको बताइएको छ ।

केकीले स्क्रिप्ट र कास्ट पक्का गरेर सो फिल्मको छायांकनमा जुट्ने बताएकी छन् । उनका अनुसार फिल्म यस वर्षको फागुनबाट सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!