अन्तरराष्ट्रिय अपराधिका रुपमा कुख्यात चाल्स शोभराज कैद छुटको माग गर्दै सर्वोच्चमा

काठमाडौं : अन्तरराष्ट्रिय अपराधिका रुपमा कुख्यात चाल्स गुरुमुख शोभराज बाँकी सजाय मिनाहाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

शोभराजले दायर गरेको रिटमा सर्वोच्चले सोमबार सरकार र कारागार व्यवस्थापन विभागसँग कारण माग गरेको छ। सुन्धारास्थित जगन्नाथ देवल कारागारबाटै शोभराजले सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन्।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा शोभराजले १५ वर्ष कैद भुक्तान गरिसकेका छन्। २०३२ सालमा नेपाल आएका बेला दुई विदेशी नागरिकको हत्या भएको अभियोगमा उनलाई सर्वश्वसहित जन्म कैदको सजाय भएको थियो। सर्वोच्चको अन्तिम फैसला अनुसार २० बर्ष कैद भुक्तान गर्न उनले २०८० साल असोज १ गतेसम्म कारागारमै बस्नुपर्ने हुन्छ।

कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधामा अन्याय भएको दाबीसहित शोभराजले वन्दीप्रत्यक्षीकरण रिट दिएका हुन्। उनले आफलु ७० बर्ष नाघेकाले बाँकी सजाय छुट पाउनुपर्ने माग गेका छन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!