यी हुन् बंगलादेशको नाइटिङ्गेल मेडिकल कलेजमा समस्या भएपछि दूतावासले उद्धार गरेका १८ नेपाली विद्यार्थी

 

काठमाडौं- बंगलादेशको नाइटिङ्गेल मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि गएका १८ नेपाली विद्यार्थीलाई बंगलादेशस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको छ।

दूतावासले समस्यामा परेका विद्यार्थीलाई उद्धार गरी ढाका युनिभर्सिटीका विभिन्न कलेजमा स्थानान्तरण गराएको हो।

दलालको झुटो विवरण र अनावश्यक आश्वासनमा परेर एमबिबिएस अध्ययनका लागि नेपाली विद्यार्थीहरु नाइटिङ्गेल मेडिकल कलेजमा पुगेका थिए। तर, अध्ययनका क्रममै कलेजमा समस्या आएपछि विद्यार्थी अलपत्र परेका थिए।

कालोसूचीमा परेको नाइटिङ्गेल कलेजमा विद्यार्थी भर्ना निषेध गरिएको छ। बंगलादेशको स्वास्थ्य मन्त्रालयले नै भर्ना निषेध गरेको उक्त कलेजमा विद्यार्थी पठाउने दलाललाई कारबाही गरिनुपर्ने अभिभावकले बताएका छन्।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटाले दलालका पछि लागेर मेडिकल शिक्षा अध्ययनका नजान आग्रह गरेका छन्। दलालको प्रलोभनमा परेर अध्ययनका लागि बंगलादेश पुगेका सयौं नेपाली विद्यार्थी अलपत्र परिरहेको भन्दै उनले विद्यार्थी र अभिभावकलाई दलालको चंगुलमा नफस्न आग्रह गरेका हुन्।

यी हुन् उद्धार गरिएका १८ नेपाली विद्यार्थी

प्रतिक्रिया दिनुहोस्