अन्जु पन्तको गीतमा नेपाल आईडलकी रीमाको अभिनय (भिडीयो सार्वजनिक)

गायिका अन्जु पन्तको सुमधुर स्वरमा ‘कहाँ कहाँ खोजेँ तिमीलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।उक्त गीत सोमबार युटुबमार्फत् सार्वजनिक गरिएको हो ।नायिका रीमा विश्वकर्मा र मोडल जीवन भट्टराईको अभिनय रहेको भिडियोमा रीमाले मोडल जीवनको खोजी गर्छिन् ।

आफूसँग प्रेम रचेर एकाएक हराएका जीवनको खोजीमा हरपल रीमा लागिरहेको भिडियोमा देखाइएको छ । निकेश खड्काको निर्देशनमा बनेको सो भिडियोमा विरह भाव समेटिएको छ । भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकाश धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!