अहिलेसम्मकै खतरा भलिबल, खेलमै भयो टाउको हानाहान (भिडियो सहित)

बागलुङ–बागलुङमा जारी पाँचौ बागलुङ महोत्सवमा पुरुष भलिबल थप रोमाञ्चक बन्दै गएको छ । भलिबलको सेमिफाइनलमा पश्चिमाञ्चल र गलकोट भिड्दै छन् । दुवै टिम बिच विहिबार पहिलो खेल हुदैछ । महोत्सवमा मुख्य आकर्षणका रुपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तरगत खेलको चौथो दिन बुधबार क्वाटर फाइनल चरणका खेल सकिएको छ । १२ टिम रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको खेल विहिबार शुरु हुने भलिबल उपसमिति सदस्य सन्दिप पन्तले जानकारी दिए ।

क्वाटर फाइनलको खेलमा छन्त्याल कन्ट्रक्सन, २३ नं. वाहिनी अड, गलकोट नगरपालिका तथा पश्चिमाञ्चल खेलकुद महासंघ सेमिफाइनलमा प्रवेश गरेको खेलकुद उपसमितिका संयोजक उमाकान्त शर्मा वावुले वताए । महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने द्धितियले ५५ हजार ५ सय ५५ र तृतीयले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।

उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने बताइएको छ । त्यसैगरी महिला भलिवल तर्फ वाइसीयल नेपाल र दर्शन ट्रान्सफर विच सेमिफाइनलमा भिड्दै छन भने नेपाल खेलकुद महासंघ र गलकोट नगरपालिका विच भएको खेल बाट खेलकुद महासंघ फाइनलमा प्रवेश गरिसकेको छ ।

महिला भलिबलको विजेताले ७५ हजार ५ सय ५५, द्धितियले ३० हजार ५ सय ५५ र तृतीय टिमले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने र उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!