पारस र हिमानी सोल्टी होटलको बारमा छमछम नाचे

काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह छुट्टा छुट्टै बस्दै आएका छन् । उनीहरुको सम्बन्ध भने अझै प्रेममय बन्न नसकेको बाहिर हल्ला चलेका बेला शुक्रबार भने यी दुई जोडीको प्रेम फेरी सोल्टी होटलमा देखा परेको छ ।हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा विशिष्ट ब्यक्तिहरु सहभागि थिए ।

पाहुना र छोरीले एउटा योजना बनाए, पारस र हिमानीलाई नचाउने । अन्त छोरीको योजना सफल भयो, पारस र हिमानी हात समातेर छमछम नाचे ।सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी झण्डै चार बर्षपछि एकै ठाउँमा बसेर जन्मदिन मनाएका छन् । पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए। नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो।

पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो।जन्मदिनको पार्टीमा बिभिन्न ब्राण्डका ह्वीस्की, वाइन र बियरको व्यवस्था गरिएको थियो । सोल्टी होटलले निर्माण गरेको केक काटेर सुरूआत गरिएको पार्टीमा पारसले मदिरा सेवन गरेनन् । केक काट्दा पति पारस, पूर्वराजा ज्ञानेद्र, पूर्वरानी कोमल र उनका नाती नातिना सँगै थिए। बुहारीको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र र कोमल ७ बजे सोल्टी पुगेका थिए।डान्स पार्टी सुरू भएपछि सबैले नेपाली गीतमा नाचगान गरेका थिए।

नाच सुरू हुनासाथ पारस र हिमानीलाई हात समाएर नचाइएको थियो। हिमानी र पारस दुबैले हात समातेर नाच्दा सबैले ताली बजाएका थिए। ८ बजे सुरू पार्टी मध्यरात सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!