६ लाख दिन तयार भएको चलचित्र पूजाले अस्विकार गरिन्

विराटनगर, मंसिर ५
‘प्रेमगीत र म यस्तो गीत गाउँछु’ बाट हिट भएकी नायिका पूजा शर्माले एक नयाँ चलचित्रको महंगो अफर अस्विकार गरेको खबर बाहिरिएको छ । हालैमात्र, छायांकन सुरु भएको एक चलचित्रका लागि आफूलाई महंगो पारिश्रमिक अफर भएको तर, उक्त चलचित्र आफूले नगरेको पूजाले बताएकी छिन् ।

पूजाले उक्त चलचित्रमा अभिनय गर्नको लागि आफूले ८ लाख पारिश्रमिक मागे तापनि निर्माणपक्षले ६ लाख दिन तयार भएको उनले बताएकी छिन् । तर, ६ लाख पारिश्रमिक दिन तयार भएपनि आफुले चलचित्र नगरेको उनले थपिन् । उनले अभिनय गर्न अस्विकार गरेको चलचित्रको नाम भने खुलाएकी छैनन् ।

पूजा अहिले आफ्नो ब्यानरको चलचित्र निर्माण र अभिनयमा व्यस्त रहन मनपराउ छिन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट निर्मात्री बनेकी पूजाले बाहिरी ब्यानरको चलचित्रमा काम नै गर्ने तर, चलचित्रको मेकिङ, कथावस्तु सबै चित्त बुझे मात्र गर्ने निर्णय गरेकी छिन् । दर्शकले आफूबाट चलचित्रको हरेक पक्षमा सवल पक्ष खोज्ने भएकाले त्यहि अनुसारको चलचित्र निर्माण गर्ने र अभिनय गर्ने पूजाले आफ्नै निर्माणमा नयाँ चलचित्रको तयारी समेत भइरहेको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!