कतारका अवैध नेपाली कामदार नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा कतार दिने निर्णय गरेको छ ।पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै यस्तो सुविधा पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, इण्डोनेसिया, फिलिपिन्स र ट्युनिसियाका नागरिकले समेत पाउने भएका छन् ।

यो सुविधा दिने विषयमा कतारको गृह मन्त्रालय र सिंगापुरको एक निजी कम्पनीबीच सम्झौता भएको कतार न्युज एजेन्सीको समाचारमा उल्लेख गरेको छ ।सिंगापुरको सो कम्पनीले यी देशबाट अवैध रुपमा कतार बसेकाहरुलाई यो प्रक्रिया पुरा गर्न सघाउनेछ ।

सम्झौताअनुसार अवैध रुपमा कतारमा बसेकाहरुले आफ्नै देशमा मेडिकल चेकअप, बायोमेटि्रक रिपोर्ट र फिंगरपि्रन्टका काम पुरा गर्नेदेखि रोजगार सम्झौता समेत गर्न पाउने भएका हुन् ।यसले हाल मेडिकल परीक्षणमा फेल भएको कारण अवैध रुपमा रहेका कामदारलाई निषेध गर्ने क्रममा कमी आउने समाचारमा उल्लेख गरिएको छ ।

सन् २०२० मा फिफा वल्र्ड कप आयोजकको रुपमा रहेको कतारले यसअघि पनि अक्टुवरमा बैदेशीक कामदारहरुलाई सहयोग पुग्ने विद्येयक पारित गरेको थियो । कातरमा २ करोडभन्दा बढि बैदेशिक कामदार रहेको मानिन्छ ।गत वर्ष पनि कतारले वैदेशिक कामदारहरुले सहजै जागिर परिवर्तन गर्न सक्नेदेखि घर फिर्ता जान सक्ने प्रावधानसहितको श्रम कानुन ल्याएको थियो ।कतारलाई फिफा आयोजक बन्नबाट रोक्दै आइरहेका दबाबहरुलाई सशक्त रुपमा सामना गर्दै आएको छ । हालै अन्य युएई लगायतका अरेबियन मुलुकहरुले नाकाबन्दी गरेका छन् । onlinekhabar.com

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!