निलिमाले तताईन नेपाल आईडलको स्टेज (भिडीयो)

काठमाडौ। नेपाल आइडल सिजन २ गाला ‘राउण्ड ९’को पच्चीसौं भाग आज प्रसारण भएको छ। तिहार विशेषका साथ् भैलेनी गीतमा आजको नेपाल आइडल शुभारम्भ गरिएको हो।

आजको एपिसोडमा अतिथिका रुपमा हिन्दि, नेपाली नेवारी गीत गाउन खप्पिस चर्चित गायक दीपक बज्राचार्यको उपस्थित रहेको छ।

आज बिहिबार यो सप्ताहको पहिलो एपिसोड जसमा प्रतिस्पर्धीहरुको प्रस्तुति हेरिसकेपछि दर्शकहरुले भोट गर्नुपर्ने हुन्छ। तर, यो हप्ता भने अलिक फरक ढंगले जजले निर्णय गरेका छन्।

तिहार विशेष कार्यक्रममा निर्णायक मण्डली हरुले ‘नो एलिमिनेसन राउण्ड’ घोषणा गरेका छन्, अर्थात् यो हप्ता कोहि प्रतिस्पर्धी नेपाल आइडलको मंच छोडेर जाने छैनन्।

आजको एपिसोडमा निलिमा थापामगरको रोकिंग प्रस्तुति यहाँ हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!