ईटहरी आगलागी घटना सेलाउन नपाउँदै आज फेरि खोटाङमा भीषण आगलागी

काठमाडौं । खोटाङको दिक्तेल बजारको रत्नपार्कस्थित एक घरमा आगलागी भएको छ। आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ।

शुक्रबार बिहान साढे ३ बजेबाट लागेको आगोले स्थानीय जानुका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको खोटाङ प्रहरीले जनाएको छ। आगो निभाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले आगो नियन्त्रणमा लिएका छन्। आगलागीको कारण भने खुल्न सकको छैन।

दमकल नहुँदा आगो निभाउन समस्या भएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको दमकल जीर्ण हुँदा थन्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!