चीनले बनायो समाचार वाचन गर्ने रोबोट

चीन । चीनले समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको छ । चीनको सरकारी समाचार संस्था ‘सिन्ह्वा’ले दिनको चौबिसै घण्टा समाचार सम्प्रेषण गर्न सक्ने रोबट सार्वजनिक गरेको हो । पूर्वी राज्य वुजेनमा भएको इन्टरनेट कनफ्रेन्स मार्फत सिन्ह्वाले ‘आर्टिफिसियल इन्टिलिजेन्स’सहितको समाचार वाचक सार्वजनिक गरेको हो ।

अंग्रेजी भाषाको समाचार बुलेटिन रोबोटिक आवाजमा कम्प्युटर जेनेरेटेड होस्टले गरेका हुन । अंग्रेजी बोल्ने समाचार वाचक रोवोटले सुट र टाइ लगाएको छ भने उ सिन्ह्वाका समाचार वाचक हाङ्ग योएजस्तै देखिन्छ । यस्तै चिनियाँ भाषाको समाचार वाचक पनि सार्वजनिक गरिएको छ ।

यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राविधिक विकासको नयाँ नमुना भनेका छन् । सिन्ह्वा र चिनियाँ सर्च इन्जिन कम्पनी सोगोयुले बनाएको समाचार वाचकले मानिसको आवाज, अनुहारको हाउभाउ र शारीरिक भाव प्रस्तुत गर्न सक्छ ।

साथै व्यवसायिक समाचार वाचकले जस्तै भिडियो ब्रोडकास्ट गर्न तथा समाचार पढ्न जान्ने समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । समाचार उत्पादनमा लाग्ने खर्च कम गर्न तथा दक्षता बढाउनका लागि रोबोट समाचार वाचकलाई आफ्नो वेब साइट र सामाजिक सञ्जालमा प्रयोग गरिने सिन्ह्वाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!