बोक्सीको आरोपमा फेरि कुटिइन् कैलालीकी राधा चौधरी

कैलाली, २४ कात्तिक । कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरी बोक्सीको आरोपमा फेरि कुटिएकी छन् । उनलाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेपछि राधाले प्रहरीमा कालिचरण विरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

उनको निवेदनपछि इलाका प्रहरी कार्यालय सुखडले कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सजाय हुने कैलाली प्रहरीले जनाएको छ ।

राधालाई यस अघि पनि स्थानीय भोलेबाबा भनेर आफुलाई चिनाउने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै निर्घात कुपपिट गरेका थिए । फागुन २४ गते नारी दिवसका दिन पुरै समाजका अघि राम बहादुले राधालाई कुटेको भिडियो भाईरल भएको थियो । राधा बचाउ बचाउ भन्दै चिच्चाइरहे पनि हेर्ने कसलै उनको मदत गरेका थिएनन् ।

अहिले राम बहादु र उनका सहयोगी भनिने २ जना महिला कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!