यी प्रहरी जवानको सह्रानीय काम, भेटेको ६१ हजार रुपैयाँ फिर्ता गरे

आज विहान साढे १ बजे काठमाडौंको बुढानिलकण्ठस्थित सविन खाजा घरको बाहिर रहेको बेन्चमा प्रहरीले बेबारिसे झोला भेट्यो।

झोला खोलेर हेर्दा ६१ हजार ६ सय ५ रुपैयाँ रहेको थियो। महानगरीय प्रहरी प्रभाग मण्डिखाटार र महानगरीय प्रहरी विट गल्फुटारबाट खटेको संयुक्त गस्ती टोलीले रातको समयमा झोला देखेपछि खोलेर हेरेका थिए।

झोलामा पैसा भेटिएपछि मातहतका डिएसपी फडिन्द्र प्रसाईलाई यथार्थ बताए। डिएसपी प्रसाइले झोला र रकम सुरक्षित राखी झोला धनी खोज्नतिर लाग्न उनीहरुलाई निर्देशन दिए।

नभन्दै प्रहरीले झोला भेटिएको २४ घण्टाभित्रै झोला धनी पत्ता लगाएर सो रकम बुझाएको छ। गस्ती टोलीका कमाण्ड प्रहरी हवल्दार हितकाजी मिजार र प्रहरी निरीक्षकले झोला धनी पाण्डेलाई रकम बुझाएका हुन् ।

प्रहरीले रकम भेटेपछि सबैतिर सोधखोज गरेर सम्बन्धित धनी शुभराज पाण्डेलाई रकम बुझाएको डिएसपी प्रसाईँले बताए। रकम भेटिएपछि दु:ख गरेर कमाएको रकम फेला परेकोमा पाण्डे खुसी हुदैँ प्रहरीलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!