आजकाे राशिफल : २०७५ साल कार्तिक २७ गते, मंगलबार (छठ पर्व)

अाज वि.सं. २०७५ साल कात्तिक २७ गते। मंगलबार। इश्वी सन् २०१८ नोभेम्बर १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– षष्ठी, २६:५८ बजेउप्रान्त सप्तमी। नक्षत्र– उत्तराषाढा, २९:१८ बजेउप्रान्त श्रवण। योग– शूल, १६:३५ बजेउप्रान्त गण्ड। करण– कौलव, १३:५७ बजेदेखि तैतिल, २६:५८ बजेउप्रान्त गर। आनन्दादिमा मानस योग। चन्द्रराशि– धनु, ९:२६ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २६ घडी ५७ पला। छठ पर्व। डाला पूजा। त्रिपुष्कर योग २६:५८ बजेदेखि २९:१८ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको साथ पाईनेछ । रतिराग बढाउने समय रहेको छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सेयरको कारोबामा फाईदा हुनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमणीय र सुखद यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!