सुजाता निवासमा पार्टीलाई सञ्चालन गर्न नसकेको भन्दै देउवाविरुद्ध माेर्चाबन्दी

काठमाडाैँ । गुट उपगुटमा विभाजित नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ईतरका नेताहरु एकजुट हुन थालेका छन् । सभापति देउवाले पार्टीलाई विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न नसकेको भन्दै देउवा पक्ष इतरका नेताहरुले आलोचना गर्न थालेका छन् ।

विधि र प्रक्रियालाई वेवास्ता गर्दै सभापति देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेको भन्दै कांग्रेस भित्र किचलो शुरु भइरहेको बेला कांग्रेस नेतृ सुजाता कोइराला निवासमा कांग्रेसका भेला भै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेकाे खबर नेपाल समाचारपत्रमा छ ।

कोइराला निवासमा सोमबार भएको छलफलमा महामन्त्री डा. शसांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!