भारतीय डान्स रियालिटी शोमा नेपालका सुजन र आँचलको अहिले सम्मकै डरलाग्दो प्रस्तुति

काठमाडौँ – भारतकै चर्चित डान्स रियालिटी शो मा नेपालका सुजन मार्फा तामाङ र आसामकी चेली आँचलले दमदार प्रस्तुति दिएका छन् । भारतीय टेलीभिजन स्टार प्लसबाट प्रसारण हुने डान्स रियालिटी शो डान्स प्लस ४ुमा नेपालका सुजन मार्फा तामाङ र आसामकी चेली आँचलले दमदार प्रस्तुति दिदै धुम मच्चाएका छन्।

हालसालै प्रसारण भएको एपिसोडमा सुजन मार्फा तामाङ र आँचलको जोडीले जितेको थियो। यो सँगै उनीहरूको यात्रा डान्स रियालिटी शो ुडान्स प्लस ४ुमा अझै लम्बिएको छ। उनीहरू टप ८ मा पुग्न सफल भएका छन्। सुजन र आँचलको प्रस्तुति हेरेर जजले खुलेरै तारिफ गरेका छन् ।उनीहरुले दमदार प्रस्तुति देखाएर सबैलाइ चकित परेका थिए। उनीहरूले आफ्नो प्रस्तुतिले सबै जजको मन जित्न सफल भए। यो भन्दा अगाडि सुजन भारतकै चर्चित डान्स रियालिटी शो डान्स इन्डिया डान्सुको टप १० सम्म पुगेका थिए भने यसै वर्ष उनी भारतकै अर्को टेलिभिजन शो ुडान्स प्लस ४ुमा भाग लिन पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!