गर्भवती महिला र छोराको घाँटी रेटेर हत्या ! हत्याकाण्डको पर्दाफास

जेष्ठ २९ गतेको पोखरा रामबजारको हत्याकाण्ड रहस्यमय बन्दै गइरहेको देखिएको छ । पोखरा १५ रामबजार निवासी रामजी घलेको घरमा भएको हत्याकाण्डको अझै छिनोफानो हुन सकेको छैन ।

सो दिन रामजी घलेका ११ बर्षिय छोरा ज्ञापन घलेको घाटीमा चक्कुले रेटेर हत्या भएको थियो । छोरा ज्ञापन संगै आमा सुमित्रा ठकुरी घले र स्यंम रामजी घलेको पनि घाटी रेटीएको थियो । गर्भवती श्रीमती सुमित्राको पेटको बच्चाको समेत ज्यान गएको थियो ।

घटना पछी रामजी घलेले नै आफ्नै छोरा र श्रीमतीको घाटी रेटेको भन्ने चर्चा चलेको थियो । तर हाल हिरासतमा रहेको रामजी घलेले यस अघि नै घटना अरु कसैले घटाएको भन्दै किटानी जाहेरी दिएका थिए ।

रामजी घलेका आफन्त र केही छिमेकीको कुरा एउटा छ भने, श्रीमतीको कुरा अर्को छ । दुवै पक्षका कुरा समेटीएको भिडियो पहिलो पटक सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!