‘जात्रैजात्रा’मा नायिका गायब

काठमाडौं : दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रैजात्रा’को टिजर रिलिज भएको छ। प्रदीप भट्टराईको निर्देशनमा बन्ने फिल्ममा पहिलो सिरिजका विपिन कार्की, रवीन्द्र झा, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत दोहोरिएका छन्।

दोस्रो सिरिजमा अभिनेता दयाहाङ राई पनि देखिने भएका छन्। ‘यति चाँडै मर्न दिन्छु म, हिसाब किताब नबुझाई’, टिजरमा राईको संवाद छ।
टिजरमा तीन पुरुष पात्र देखिएका छन् भने महिला पात्र लुकाइएको छ।

निर्देशक भट्टराईको ‘शत्रु गते’ पनि सफल भएको थियो। फागुन १७ गते प्रदर्शन मिति तय गरिएको फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह हुन्। सिंगे लामा र यादव पौडेल निर्माता छन्। शिवराम श्रेष्ठ फिल्मका छायाकार हुन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!