छठ पुजा गर्न गएकी ६ बर्षिया बालिका सबैलाई रुवाएर संसारवाटै बिदा भइन्

दमक । परिवारसँग छठ पूजा गर्न नदीतर्फ जाँदै गर्दा मंगलबार बेलुका झापाको भद्रपुरमा ट्रयाक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोलका धिरज यादवकी ६ वर्षीया छोरी राशी रहेकी छन् ।राशीका बुबा धिरज र आमा राखी यादवसँगै छठ पुजा गर्न मे १ त ५२३२ नम्बरको ट्रायाक्टरमा चढेर मेची नदीतर्फ जाँदै थिइन् ।

बेलुका ४ बजेतिर मेची नदीको पुलमा चढ्ने क्रममा राशी ट्रयाक्टरबाट खसेकी थिइन् ।उनलाई सोही ट्रायाक्टरको चक्काले किचेको थियो । चक्काले किचेर गम्भीर घाइते भएकी बालिकाको मेची अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!