बाख्रा चराउन गएकी १३ वर्षीय बालिका एल्जिनाको बलात्कारपछी हत्या

गाईघाट, २७ कात्तिक । रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको बलात्कारपछि हत्या भएको छ । परिवार तथा स्थानीयले अर्धनग्न अवस्थामा र घाँटी थिचेको, मुखमा न्यापकिन (कागज) मुखमा खाँदेको, शरीरका विभिन्न भागमा निलडाम रहेको अवस्थामा शब फेला परेको र यौनाङ्ग र मलद्वारसमेत छेदन भएको अवस्थामा रहेकाले उनको बलात्कार हत्या भएको दाबी छ ।

सामुहिक बलात्कार पछि हत्या भएको हुनसक्ने आशंका छ । “घटनास्थल र शबको अवस्था हेर्दा उनको बलात्कारपछि हत्या भएको प्रष्ट हुन्छ ।” स्थानीय कैलास बस्नेतले भन्नुभयो । पिडित परिवारले छोरीको हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । “छोरीको बलात्कारपछि हत्या नै भएको हो त्यसैले बलात्कारी हत्यारालाई हदैसम्मको कारवाही होस् ।” मृतककी बुवा दुर्गबहादुर खड्काले भन्नुभयो । दिदीभाइले भैँसी र घरको काम गर्ने भनेपछि माइली एल्जिना बाख्रा चराउन गएको परिवारले बताएको छ।

मृतक बालिकाका बुबा दुर्गाबहादुर भने मोटरसाईकल दुर्घटनामा परेकाले त्रियुगा नगरपालिका ७ चुहाडेको घरमा आराम गरेर बसेका थिए।

बालिका हत्या आशङ्कामा पाँच पक्राउ

गाईघाट, २७ कात्तिक । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । घट्नाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । एल्जिनाको शव परीक्षणका लागि सोमबार धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ । एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!