मंसिरको अन्तिम सातासम्ममा नेपालमा रेल कुद्ने !

काठमाडौं, २८ कात्तिक । मंसिरको अन्तिमसाताबाट नेपालमा रेल सञ्चालन हुने भएको छ । जनकपुर–जयनगर क्षेत्रमा लिक निर्माण भएकाले भारतसँग भाडामा लिएर रेल सञ्चालनमा ल्याउने सरकारी तयारी रहेको छ । नेपाल–भारत ‘क्रस बोर्डर रेल वे’ का लागि ५ स्थान तय गरिएको छ ।

सन् २०१० मा नेपाल र भारतबीच क्रस बोर्डर रेल वे का ५ लिक विस्तार गर्ने समझदारी बनेको थियो । समझदारी अनुसार दुई वटा लिक निर्माणको अन्तिम चरणमा छ ।

रेल मार्ग निर्माणको तयारी

न्यूर्जाइगोटी–काकरभिट्ट

जोगमनी–विराटनगर

बर्दिवास–जयनगर–जनकपुर

नौतनवा–भैरहवा–नेपालगञ्ज

भारतको न्युर्जाइगोटीदेखि काकरभिट्टा, जोगमनीदेखि विराटनगर, जयनगरदेखि जनकपुर–बर्दिवास, नौतनवादेखि भैरहवा र नेपालगञ्जसम्म रेल सेवा विस्तार गर्ने सम्झौता भएको थियो ।

निर्माणको अवस्थाः

वर्दिवास–जनकपुर–जयनगरः ६९ किलोमिटर

निर्माण सम्पन्नः जयनगरदेखि कुर्थासम्म– ३४ किलोमिटर

विराटनगर वदनाहा–कटहरी– १८ किलोमिटर

निर्माण सम्पन्नः १३ किलोमिटर

६९ किमी रहेको वर्दिवास–जनकपुर–जयनगर खण्डको ३४ किमी जयनगरदेखि कुर्थासम्मको रेल मार्ग निर्माण सकिएको छ । पूर्वतर्फ जोगमनी विराटनगर वदनाहा देखि कटहरी सम्म १८ किमी मध्ये १३ किमी नेपाली भुमिमा पनि रेल लिग निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । रेल मार्ग निर्माण भएपनि नेपालको आफ्नै रेल छैन ।

त्यसैले भारतसँग भाडामा लिएर जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन गरिने भएको छ । नेपालमा निर्माणधिन रेलमार्ग गुड्ने रेल सिंगल लिगको हुने छ भने रेललाई पास दिन आवश्यकता अनुसार प्रत्येक स्टेशनहरुमा साईडिङको व्यवस्था गरिएको छ । करिब ५ किलोमिटर दुरीमा पर्ने गरी ७ वटा स्टेशन रहने छ ।

भारत सरकारको करिब ७ अर्ब अनुदानमा निर्माणाधिन जनकपुर जयनगर खण्डमा भारत कै रेल नेपाली भूमिमा भाडामा गुड्ने छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!